स्थानीय तहको निर्वाचनको सर्गमी तातिरहेको बेला नेकपा (माओवादी केन्द्र)ले झापा जिल्लाको कमल गाँउपालिकामा आफ्ना सबै उम्मेदवारहरु टुंगो लगाएको छ । साविकको तोपगाछी र लखनपुर मिलेर बनेको नयाँ कमल गाउँपालिकामा अधिवक्ता विमल संग्रौला अध्यक्ष र गाैरी राई उपाध्यक्ष पदका उम्मेदवार बनेका छन् । घोषित नामावली अनुसार वडा नं.१ को अध्यक्षमा पर्शुराम सुवेदी, २ नं‍. वडाको अध्यक्षमा पदमराज तुम्वाफो, वडा नं. ३ को अध्यक्षमा छत्रहाङ् फागो रहेका छन् ।

त्यस्तै, वडा नं. ४ को अध्यक्षमा खगप्रसाद राई, वडा नं ५ को अध्यक्षमा नरमाया तामाङ, वडा नं ६ को अध्यक्षमा कमल संग्रौला र वडा नं. ७ मा रामकुमार गुरुङ रहेका छन् । आज माओवादी केन्द्रका झापा जिल्ला संयोजक विजय साङ्पाङ्को उपस्थितिमा सबै उम्मेदवार घोषणा गरिएको कमल गाँउपालिकाका चुनाव परिचालन समितिका इन्चार्ज रञ्जित तामाङले बताए। उम्मेदवार घोषणापछि उम्मेदवारहरुलाई माओवादी केन्द्रका जिल्ला संयोजक साङपाङ्, अखिल(क्रान्तिकारी)का उपाध्यक्षसमेत रहेका रञ्जित तामाङ, प्रवक्ता सुरेन्द्र बस्नेत लगायतले प्रशिक्षण दिएका थिए । नगेन्द्र सांवाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वन्दना झांगढले गरेकी थिइन् । कमल गाउँपालिकामा ४४ हजार तीन सय ६५ जनसंख्या रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah