काठमाडौं – भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई छिट्टो रिस उठ्छ र यसले गर्दा उनले आलोचना खेपिरहेका हुन्छन् । उनले रिस नियन्त्रणका उपाय खोजिरहेको बुझिएको छ । वेस्ट इन्डीजविरुद्धको टेस्टको दोस्रो दिन उनी पेभिलियनमा बसेर डिटक्स योर इगो नामक अंग्रेजी पुस्तक पढिरहेका देखिए ।

 

यो किताबले स्वतन्त्रता, खुशी र सफलता पाउने सात सहज टिप्स दिएको छ । एन्टिगामा चलिरहेको टेस्ट म्याचका क्रममा कोहलीले यो पुस्तक पढेका हुन् ।

कोहली आफ्ना टीमका साथीहरूसँग भिड्ने गरेका खबर पनि यदाकदा आउने गर्छ । विश्वकपमा उपकप्तान रोहित शर्मासँग उनको झगडाको खबर आएको थियो । तर विराटले यस्ता खबरको खण्डन गर्दै यो हल्ला मात्र भएको बताएका थिए ।

यसअघि सन् २०१७ को च्याम्पियन्स ट्रफीमा उनी तत्कालीन प्रशिक्षक अनिल कुम्बलेसँग भिडेको खबर पनि मिडियामा आएका थिए । तर त्यस विषयमा दुवैले केही भनेनन् ।

विपक्षी खेलाडीहरूले पनि विराट अत्यन्तै आक्रामक भएको आरोप लगाउने गरेका छन् । विराट आफैंले पनि आफू आक्रामक भएको स्वीकार गर्ने गरेका छन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah