
दमक/ दुइदिन देखि बरिष्ठ उपाध्यक्षको बिषयमा काँग्रेस समर्थित लोकतान्त्रिक प्यानलमा लामो समयको बहसपछि सुरज आचार्य नै उम्मेदवार बन्ने टुंगो लागेको बताईएको छ । यसको औपचारिक घोषणा आज हुँदैछ । यस अघि नै अध्यक्षमा गोकुल श्रेष्ठको उम्मेदवारी निश्चित बनेको थियो ।
राजन दंगाललाइ अटाएर लैजानका लागि बहस भएको र हिजो बेलुकासम्म त्यहि बिषयमा छलफल भएको पनि श्रोतको भनाइ छ । विहानको छलफलमा भने आचार्यलाइ नै अघि बढाउने निर्णय भएको श्रोतले जनायो ।
लायन्स क्लव अफ माउण्ट एभरेष्टको पुर्व अध्यक्ष समेत रहेका उनि दमकका पुराना र स्थापित ब्यवसायी हुन् ।




