पूर्व प्रधानन्यायधीस कार्कीले रवि लामिछाने राम्रै मानिस भएका कारण अन्यायमा पर्न नसक्ने बताएकी छन् । उनले न्यायलयले उनको वास्तविकता बुझेर न्याए दिने छ । रवि लामिछाने राम्रै मान्छे हुन् भन्ने कुरा हामी सबैलाई थाहा छ उनले भनिन्, हामीलाई पनि त्यस्तो गलत काम गरे होलान् भन्ने हामीलाई पनि लागेको छैन । त्यस्तो अभियानमा लागेका मानिस त्यस्तो गलत काम गरे होलान् भन्ने हामीलाई पनि लागेको छैन ।
उनले न्यायालयमा सबै मानिस गलत नभएको बताइन् । उनले न्यायालयप्रति मानिसको विश्वास गुम्दै गएको त्यसको कारण राजनीति भएको भन्दै गरिएको प्रश्नमा पूर्व प्रधानन्यायधीस कार्कीले सबै न्यायाधीस त्यस्तो नभएको बताइन् । उनले जिवनभर त्यो कुराले पोल्ने काम न्यायाधीसले नगर्ने बताइन् । नराम्रा फैसला न्यायाधीसले गरे भने अन्तराष्ट्रिय समुदायले हेरेको हुन्छ, जिवनभर उसलाई त्यही घटनाले लखेटिरहन्छ त्यसैले न्यायाधीसले पनि आफु गलत काम गरौं भन्ने हुँदैन, उनले भनिन् ।
एउटा युट्युव च्यानलमा दिएको अन्तरवार्तामा उनले राजनीतिक दलका नेताले भने न्यायलयलाई पनि प्रभाव पार्न भने खोज्ने गरेको उनको भनाई छ । उनले कसैमाथि मुद्दा चल्यो भन्दैमा त्यसलाई ठूलो रुपमा लिन नहुने बताइन् । मुद्दा चल्यो भन्दैमा उनी दोशी हुन् भन्न नसकिने उनको तर्क छ । उनले अधिवक्ता शम्भु थापाको अन्तरवार्ता हेरीसकेपछि रवि लामिछाने निर्दोष भएर छुट्ने कुरामा आफु विश्वस्त रहेको बताएकी थीइन । रविले पक्कै सफाई पाउने छन् , उनले भनिन् त्यस्तो अभियानमा लागेको मानिस एउटा मानिसको पछाडी त्यसरी लागे होलान् भन्ने मलाई विश्वास लागेको छैन । स्वतफुर्त रुपमा रविका समर्थक सडकमा आएका हुन् त्यसलाई दमन गर्न नहुने उनको भनाई छ ।
बहस किन र के का लागि ?
जसरी अहिले न्यूज २४ टेलिभिजनको सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई लगाइएको आ त्मह त्या दुरुत्साहनको अभियोगले के कसैले कसैलाई रिसिवी साँधेर आत्महत्या गरेमा के हुन्छ भन्ने प्रश्न पनि उब्जिएको छ । कारण हो ? दुरुत्साहनको विषयमा गरिएको परिभाषा नै कमजोर । जसलाई वकिलहरु पनि सकरात्मक देखिन्छन् ।
यता, चितवनमा पनि कानूनमा गल्ती भएको भन्दै कानून संशोधन गर्नुपर्ने माग उठेका छन् । उता, सर्वसाधारण पनि लामिछाने र कँडेललाई पर्दा यो विषय चर्चामा आएको बताएपनि यसअघि यसरी नै मुद्दा खेपिरहेकाले निकै दुःख पाएको महसुस हुन थालेको उनीहरुको भनाइ छ ।
यदि कानून संशोधन गर्ने भए कानूनविद् के भन्छन् ?
आ त्मह त्याका लागि दुरुत्साहन गरेको प्रमाणभन्दा पनि दबाबका आधारमा प्रहरीले मुद्दा दर्ता गर्ने प्रवृत्ति देखिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार हरेक दिन औसतमा १५ नेपालीले आ त्मह त्या गर्छन् । गत आर्थिक वर्षमा पाँच हजार सात सय ८५ जनाले आ त्मह त्या गरेको थिए ।
तर, सबैमा प्रमाणभन्दा दबाबका आधारमा प्रहरीले मुद्दा दर्ता गर्ने प्रवृत्तिका कारण कानूनमै स्पष्ट व्याख्या गर्नुपर्ने हुँदा दुरुत्साहन सम्बन्धी दफा १८५ लाई संशोधनको आवश्यकता बढ्दै गएको छ । किनकी दोषी छुट्नु हुँदैन भने निर्दोष फस्नुहुँदैन ।








