काठमाडौं । भनिन्छ अलिअलि झगडाले सम्बन्धमा अझै बलियो बनाउँछ । प्रेमीप्रेमिका, श्रीमान्श्रीमती सँगै दाजुभाई, दिदीबहिनीको पनि झगडा भइरहेकै हुन्छ । यो समाचार पढ्दै गर्दा पनि कतिपयको त झगडा परेर बोलचाल बन्द भएको होला । झगडा भएता पनि उनीहरु पहिलेजस्तै बोलचाल गर्न चाहन्छन् । यहाँ दाजुभाइ, दिदीबहिनीसँगको झगडापछि कसरी सम्बन्ध सुधार्न सकिन्छ भन्नेबारे जानकारी दिइएको छ ।

 

१. आफैं पहल गर्नुहोस्ः झगडा परेपछि बोलचाल नहुनु स्वभाविक हो । उनीहरु बोल्न चाहेपनि उनीहरुको इगोले उनीलाई बोल्न रोकिरहेको हुन्छ । यस्तोमा कुराको शुरुवात आफैँबाट शुरु गरेर माफी मागियो भने समस्या आफैं समाधान हुन्छ ।

२. मध्यमार्गी बाटोः झगडा भइसकेपछि दुवैले एकअर्काको कमीकमजोरीको पहिचान गरी सम्बधलाई सही दिशामा ल्याउन सकिन्छ । यसरी कमीकमजोरी आफैंले महसुस गरेमा सम्बन्ध अझै सुमधुर बन्छ ।

३. टप सिक्रेटलाई ध्यान दिनुस्ः झगाडा परेपछि कतिपयले एकअर्काको टप सिक्रेट अरुलाई भनिदिने गर्छन् । यसो गर्नाले मनलाई केहीबेर शान्ति मिले पनि पछि पछुताउनुपर्छ । झगडापछि पनि एकअर्काको टप सिक्रेट मनमा राख्नुनै सुमधुर सम्बन्धको संकेत हुन्छ ।

४. झगडाको कारणः अक्सर मानिसहरु झगडाको समाधान निकाल्ने समयमा एकअर्काको कमजोरी निकाल्ने कोसिस गर्छन् । झगडाको समाधान निकाल्दा एकअर्काको कमजोरी निकाल्नुभन्दा झगडाको मुल कारण पहिचान गरी अब त्यो कारणबाट कहिल्यै झगडा नगर्ने कसम खानु उचित हुन्छ ।

५. उपहारः कुनैपनि सम्बन्धमा फेरि पहिलेजस्तै मिठास ल्याउनको लागि उपहार दिएर इम्प्रेस गर्न सकिन्छ । उपहारको नाममा तपाईंले दिदीबहिनी वा दाजुभाइलाई कपडा, मोबाइल वा अन्य मनपर्ने चिज उपहार दिँदा पनि सम्बन्धमा सुधार आउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah