
दमकमा मेयर र उपमेयर टुङ्गो लगाएको राप्रपाले वडाध्यक्षहरु टुङ्गो लगाउन सकेको छैन । बर्षौदेखि मेयरको सपना देखेर नथाकेका मेयरका उम्मेदवार राम थापाका लागि सर्वसम्मत रुपमा वडाध्यक्षहरु चयन गरेर अघि बढ्नका लागि समस्या खडा भएको श्रोतले बताएको छ । पुराना वडाध्यक्ष तथा नेताहरु आँकाक्षि रहेपछि युवा पुस्ताले आफूहरुको दाबेदार प्रस्तुत गरेपछि राप्रपा दमक भित्र समस्या उत्पन्न भएको बताइन्छ ।
एकसाता अघि नै एक किसिमले वडाध्यक्षहरुको तय गरेर नाम सार्वजनिकको तयारी भएपनि अन्तिम अवस्थामा रोकिएको राप्रपाका एक नेताले बताएकाछन् । बिबाद नहुने र सर्वसम्मत रुपमा नाम ल्याउनका लागि नगर अध्यक्ष समेत रहेका थापा र केन्द्रिय सदस्य प्रविण चाम्लिङ सदस्य रहेको नाम छनौट समिति बनेको थियो । यद्यपि अहिलेसम्म समितिले नाम नल्याएको राप्रपाका ति नेताले जनाएकाछन् ।
एकसाता अघि उपमेयरमा रीता बस्नेत श्रेष्ठको नाम सार्वजनिक भएको थियो । अहिले मेयरका लागि थापा र उपमेयरका लागि श्रेष्ठ घरदैलोमा मत माग्दैछन् भने वडाध्यक्षका दाबेदारहरु रनभूल्लमा परेकाछन् । केहि पुराना वडाध्यक्ष तथा राप्रपाका चिनिएका नेताहरु पनि अघोषित रुपमा आफूहरु नै वडाध्यक्षको उम्मेदवार बन्ने भन्दै मत माग्न भने शुरु गरेकाछन् ।



