बलिउडका बादशाह साहरुख खान अभिनित फिल्म ‘कुछ कुछ होता है’ मा अभिनय गर्ने एक बालिकालाई सायदै कसैले बिर्सिएका होलान्। साहरुख खानको छोरीको भुमिका निर्वाह गर्ने ती फुच्चीको नाम हो, सना सइद। जसको जन्म सन् १९८८ मा भएको थियो।

1011598_383483678417949_1869896953_n

उनी गत बिहिबार २८ वर्षमा प्रवेश गरेकी छिन्। उनले यसै अवसरमा आफ्नो नयाँ फोटो पनि सार्वजनिक गरेकी छिन्। सनाले बाल कलाकारको रूपमा ‘हर दिल जो प्यार करेगा’ र ‘बादल’ मा पनि काम गरेकी थिइन्। उनी ‘स्टुडेन्ट अफ दि ईयर’ मा पनि देखा परेकी थिइन्। उनी भारतीय टेलिभिजनको रियालिटी सो ‘झलक दिखला जा’, ‘नच बलिए’  र ‘खतरोका खिलाडी’ मा पनि देखा परिसकेकी छिन्।

उनी जति नै फिल्ममा देखिए पनि उनलाई अहिलेसम्म दर्शकहरूले ‘कुछ कुछ होता है’ को त्यही बाल कलाकारको रूपमा सम्झने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय