बीबीसी–व्यस्त जीवनशैली एवं दैनिक व्यायममा ध्यान नदिदाँ स्वास्थ्यमा नकारात्कम असर पर्ने चिकित्सकले बताउँदै आएका थिए। हाल मानिसहरु लामो समयसम्म एउटै कुर्सीमा बसेर काम गर्ने जीवनशैलीका कारण कम उमेरमा हुने मृत्युदरको दर बढेको छ। तर हालै बेलायतको दि ल्यान्डसेट जर्नलले सार्वजनिक गरेको एक अध्ययनले दैनिक एक घण्टा तिब्र गतिको व्यायम गर्नाले कम उमेरको मृत्युको जोखिम घटाउने जनाएको छ ।

करिब १० लाख जना सहभागी उक्त अध्ययनले धेरै समय एउटै कुर्सीमा बसेर टिभी हेर्ने मानिसमा कम उमेरको मृत्युको दर उच्च हुने खतरा रहेको औंल्याएको छ। अध्ययनका अनुसार टिभी हेर्दा प्राय युवा स्न्याक्स खाँदै बस्द छन्। यसका कारण धेरै निश्क्रिय भइने भएकाले मुटु रोग , चिनी रोग तथा क्यान्सरको जोखिम बढ्ने देखिन्छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शारीरिक निश्क्रियताका कारण विश्वमा प्रत्येक वर्ष ५३ लाख मानिसको मृत्यु हुने अध्ययनले देखाएको छ। अध्ययनले दैनिक व्यायम नगर्ने मानिसले विश्व अर्थतन्त्रमा प्रत्येक वर्ष ६७ लाख डलर भन्दा बढिको भार थपिएको निश्कर्ष निकालेको छ।