अन्तराष्ट्रिय फ्रेन्चाइजको पहिलो गायन रियालिटी शो थियो, नेपाल आइडल। सवैको चासो रहेको यो रियालिटी शोले आफ्नो प्रभाव पहिलो सिजनमा नै निकै राम्रो छाड्न सफल भएको थियो। नेपालको पहिलो नेपाल आइडलको रुपमा घोषित भए पोखराका बुद्ध लामा। आइडलको समयमा उनको उमेर मात्र २० बर्षको रहेको थियो। कतारमा सम्पन्न भव्य फाइनल सोमा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उनको नाम विजेताको रुपमा उद्घोष गरेका थिए। उनि संगै टप ३ मा प्रवेश गरेर फाइनल राउण्डमा प्रतिश्पर्धा गरेका थिए प्रताप दास र निशान भट्टराईले। अहिलेको सांगीतिक दुनियामा यी तीनै जना र साथमा आइडलका अन्य प्रतिष्पर्धीले पनि आफ्नो दरिलो उपस्थिति जनाउदै आएका छन्।नेपालका पहिलो नेपाल आइडल बुद्ध लामाको सांगीतिक यात्रा भने उति सहज छैन. मध्यम वर्गीय परिवारका लामाले सानै उमेरबाट आफुलाई गायनमा सहभागी गराउदै आएका थिए। धेरै नमीठा अनुभव उनले संगालेका छन्।
बुद्ध सम्झन्छन्, ‘मैले धेरै ठाउमा मलाइ गीत गाउन दिनुपर्यो सर भन्दै हात जोड्दै हिडेको छु। कतिले बल्लबल्ल अवसर दिन्थे तर यस्तो ठाउमा दिन्थे जहाँ दर्शक नै हुदैनथे।’ यस्ता तिता अनुभव धेरै संगालेर नै बुद्ध अहिले अगाडी बढिरहेका छन्।उनले दोहोरिमा सानै उमेरबाट गीत गएको अनुभव संगालेका छन्। पुराना दिन सम्झदै उनि भन्छन्,’ गुजारा चलाउन मुस्किल थियो। एउटा उमेर पुगिसकेपछि परिवार संग पैसा माग्न अप्ठ्यारो लाग्ने रहेछ। आफै केहि गर्छु भनेर दोहोरीमा गीत गाए।’बुद्धको पहिल कमाई ५००० थियो। उनि सम्झनछन्,’ बिहानै उठेर आमालाई ५००० थमाए। आँखाभरी आँसु पर्दै उहाले भन्नु भयो छोरा अव त ठुलो भईस्।’
यस्ता धेरै अनुभव संगालेर उनि नेपाल आइडलमा आएका थिए. आइडल संगको सुरुवाती अनुभव पनि उनक गज्जबकै रहेको छ। उनलाई रियालिटी शोजमा हुने चलखेलले नै दिक्क बनाईसकेको थियो। उनले यस्ता शोजमा सहाभागी हुने भन्दा पनि आफ्नो जीवन अगाडी बढाउने अठोट लिइसकेका थिए।तर परिवारको करमा उनले सहभागिता जनाए। पहिलो चरणबाट सेलेक्ट हुदै अहिले उनि नेपालको पहिलो नेपाल आइडलका रुपमा परिचित भएका छन्।
https://youtu.be/owc1Wp9yG4c








