
दमक/ कम बोल्ने स्वभाव छ उनको तर हक्कीछन् । उनि लप्पनछप्पन जान्दैनन् र आफ्नो भनाइ प्रष्ट राख्छन् ।
लामो समयदेखि दमकमा ब्यवसायीक क्षेत्रमा संलग्न घनश्याम खनाल बिमल खतिवडा सहितको प्रगतीशिल प्यानलबाट दितिय उपाध्यक्षको उम्मेद्वार हुन् ।
दमक ९ चियादोकानमा रहेको सुजता इन्टरप्राइजेका प्रोपाइटर खनाल ब्यवसायीक समस्याबाट जानकार रहेकाछन् ।
सरल स्वभावका उनि ब्यवसायीका समस्या सामधान गर्न र बाणिज्य संघ सबै ब्यवसायीको बनाउनका लागि आफ्नो प्रयत्न रहने बताउछन् ।
गलत आश्वसन र भ्रममा नपार्ने जनाउदै ब्यवसायीहरुले आफ्नो स्वविवेक प्रयोग गरेर आफुलाइ मत दिनेमा आफु विश्वस्थ रहेको उनको भनाइ छ ।
बाणिज्य संघलाइ बाणिज्य संघजस्तो बनाउने नै आफ्नो प्रमुख संकल्प रहेको उनी भन्छन् ।
मेची लुब्रिकेन्स एसोसियसनका अध्यक्ष, डाँफे सहकारी संस्थाका सह सचिव समेत रहेका खनाल बाणिज्य संघलाई विधिमा चलाएर सबै ब्यवसायीको साझा संगठन बनाउने दाबी गर्छन् ।




