खुट्टा भाँचिएपछि भारतको नयाँ दिल्लीस्थित लोकनायक अस्पताल पुर्‍याइएकी एघार महिने बालिका जाकिरा जोडतोडले रोइरहेकी थिइन्।  डाक्टर त के, उनकै आमालाई पनि बालिकालाई फुल्याउन हम्मेहम्मे परिरहेको थियो, जसले उनको उपचार शुरु गर्न कठिनाइ उत्पन्न भयो।

केही सीप नलागेपछि डाक्टरले घरबाट बालिकाको गुडिया मगाउन आमालाई अह्राए। गुडिया ल्याइएपछि मात्रै बालिका शान्त भइन्। तर, बालिकाले जिद्दी गरिन्, गुडियाको खुट्टामा प्लाष्टर गरिएको खण्डमा मात्रै उनी आफ्नो खुट्टामा प्लाष्टर बाँध्न राजी हुनेछिन्।

डाक्टरले उनको शर्त स्वीकार गरे। जाकिराको भन्दा पहिले छेउमै सुताइएकी गुडियाको खुट्टामा प्लाष्टर गरियो।

शुक्रबारको यो घटना अहिले सामाजिक संजालमा भाइरल भएको छ। बालमनोविज्ञान बुझी बालिकाको भावनाको सम्मान गरेकोमा अहिले जाकिराको उपचारमा संलग्न डाक्टरको चौतर्फी प्रशंसा भइरहेको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरलाई धन्यवाद दिएका छन्। साथै, उक्त घटनालाई इन्टरनेशनल जर्नल अफ पिडियाट्रिक अर्थोपेडिक तथा इन्टरनेशनल जर्नल अफ पिडियाट्रिक्समा केस स्टडीका रूपमा समावेश गरिने भएको छ। जसको मद्दतले चिकित्साशास्त्रका विद्यार्थी तथा अभ्यासकर्तालाई बालबालिकाको उपचार विधि सरल पार्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah