काठमाडौं– बलिउड अभिनेता सलमान खानले पछिल्लो पटक साइकल चलाएको भिडियो भाइरल भएको छ । ट्राफिकसँग बच्न घरदेखि स्टूडियोसम्म प्राय साइकलमा यात्रा गर्ने सलमानको पछिल्लो भिडियो भने निकै नै भाइरल भएको छ । सलमानले आफूले साइकल चलाएको एक भिडियो सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’ मा शेयर गरेका छन् । भिडियोमा उनले पानी परिरहेको र आफू दबंग ३को शुटिङका लागि गईरहेको लेखेका छन् ।

वर्षाको समयमा सलमानले आरामले साइकल चलाइरहेको भिडियोमा देखिएको छ

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

। साइकल यात्राकै क्रममा उनले अटोभित्रैबाट उनका फ्यानले सेल्फी लिएको देखिन्छ भने अन्य यात्रुहरुले पनि सेल्फी लिइरहेको देखिन्छ । उनी केही अघि पुगेपछि ट्राफिक जाममा पर्छन् । त्यतिखेर पनि उनको अर्को फ्यानले उनीसँग सेल्फी लिन्छन् । यतिमात्रै नभई उनले अटोभित्रका यात्रुहरुसँग हात मिलाउँदै अघि बढिरहेको देखिन्छ । उनको यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

https://www.instagram.com/p/B2Ew1xQAQoo/?utm_source=ig_embed&utm_campaign=embed_video_watch_again