स्वप्नदोष नाम त्यस्तो रहन गएपनि यो आफैंमा कुनै दोष होइन, एक प्राकृतिक प्रक्रिया हो । शरीरको क्रिया मात्र हो यो ।

पुरुषलाई निद्राका बेलामा हुने वीर्यपात वा स्खलनलाई स्वप्नदोष भनिन्छ । अंग्रेजीमा यसलाई स्पर्माटोरिया, वेट ड्रीम वा नक्टर्नल एमिसन भनिन्छ । सामान्य अवस्थामा स्त्रीसँग संभोगरत पुरुषले चरम अवस्थामा वीर्यपात गर्छ तर स्वप्नदोष हुँदा चाहिँ स्त्रीभोगको कल्पनाले नै वीर्यपात गराउँछ । स्वप्नदोष हटाउनका लागि संयमित आहार, योगासन, ध्यान र सात्विक विचारमा जोड दिनुपर्छ ।
पेट र पिठ्युँको तल्लो भागमा चिसो वा तातो पानीले सेक्दा पनि स्वप्नदोषबाट मुक्ति पाइन्छ । तात्तातो, तारेको र मसालायुक्त खानेकुरा नखाने, सुप र फलफूलको जुस प्रशस्त पिउने अनि दूधदहीका अलावा सलाद खाने गर्दा स्वप्नदोष आउँदैन ।
दिनदिनै व्यायाम गर्दा पनि शारीरिक ऊर्जाको सही प्रयोग हुन पाउँछ र स्वप्नदोष ढिम्किन पाउँदैन । व्यायाम गरेपछि शरीर थाक्छ र राम्रो निद्रा आउँछ । कामुक पुस्तक र फिल्मबाट टाढा रहने अनि बढ्ता हस्तमैथुन नगर्ने हो भनेपनि स्वप्नदोष आउँदैन ।
भिटामिन बीयुक्त खानेकुरा खाने गर्दा पनि स्वप्नदोष हट्छ । अत्यधिक हस्तमैथुन गर्दा वीर्य पातलो हुन जान्छ । यही पातलो वीर्य नै स्वप्नदोषबाट बाहिरिन्छ ।
वीर्यलाई गाढा बनाउन शिरीषको बिउको दुई ग्राम धूलोमा चार ग्राम सक्खर मिसाएर दिनदिनै खानुहोला । प्याजको रस ६ ग्राम, गाईको घ्यु चार ग्राम र मह तीन ग्राम बिहान बेलुका चाट्दा पनि स्वप्नदोष आउँदैन ।
इमलीलाई पानीमा भिजाएर त्यसको बोक्रा निकाल्नुस् । त्यो सुकेपछि मसिनो धूलो बनाउनुस् । अनि त्यसलाई सिसीमा बन्द गर्नुस् । एक चम्चा दिनमा तीनचोटि दूधका साथ सेवन गर्नुस् ।
अमलाको बीस मिलिलिटर रसमा एक ग्राम अलैंचीको दाना र इसबगोल बराबरी मिसाउनुस् । अनि एक एक चम्चा बिहान बेलुका नियमित रूपमा जलका साथ सेवन गर्नुस् । स्वप्नदोष पनि आउँदैन, वीर्य पनि गाढा हुन्छ ।
एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah