दमक/झापा दमकमा इन्द्र गुरुङ खास नयाँ नाम होइन । झापा साविक १० र हाल दमक ५ नम्बर वडामा उनको बसोबास पुरानो हो । उनि बाल्यकाल देखि नै राजनीतिमा लागे । यूवा राजनीतिमा सक्रिय रहे । संगसंगै ब्यवसायि छबि पनि बनाए । राजनीतिमा उनको प्रवेस अनेरास्वबियूबाट भयो । प्रजातन्त्र आउनु अघि २०४५ सालमा उनले बिद्यार्थी संगठनमा लागे । २०४७ सालमा एसएलसी पास गरेपछि दमक बहुमुखि क्याम्पसमा अध्ययन गर्दा प्राक अध्यक्ष, २०५१ सालमा भएको स्वबियू निर्वाचनमा उपसभापति जिते । उनि जिल्ला हुदै अञ्चल र केन्द्रसम्म पनि नेतृत्व गरे । त्यसपछि उनि यूवा राजनीतिमा प्रवेस गरे । युवा संघको दमक नगर अध्यक्ष हुदै जिल्ला सदस्य र केन्द्रिय अनुशाषन आयोगको सदस्य सम्म बने । इमान्दार ब्याक्तिको पहिचान बनाएका उनि कहिल्यै पनि बिचलित भएनन् । आफ्ना लागि भन्दा अरुका लागि लड्ने उनि नेकपा एमाले अर्थात पार्टीमा २०५४ सालदेखि संगठित भएर लागे । दूइ कार्यकाल नगर कमिटी सदस्य तथा वडा इन्चार्ज भएर आफ्नो जिम्मेवारी निभाएका थिए । त्यहि भएर उनि अहिले दमक नगर कमिटी सचिब रहेकाछन् । उनले अब नयाँ जिम्मेवारीका लागि पार्टीले रोजेको छ । सर्वसम्मत रुपमा दमक ५ को वडाध्यक्षको उम्मेदवार बनाएको छ । यो वडा नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको वडा भएकाले महत्वका साथ हेरिएको छ । उनले आफू यस वडाको बिकासको लागि आफ्नो उम्मेदवारी भएको बताउछन् । युवालाइ समेटेर र पाका ब्याक्तिहरुलाइ साथमा लिएर नगरका हरेक समस्याहरुसंग जुध्नका लागि तयार रहेको उनि बताउछन् । यूवाको मर्म र जेष्ठ बुबाआमाको भावानालाइ संगसंगै लिएर दमकको सम्बृद्धिमा तथा त्यसमा पनि आफ्ना वडाका सडक, बिजूली, खानेपानी, सुकुम्बासी समस्या, ढल लगायतका बिषयमा आफू जानकार रहेकाले वडाबासीका चाहाना अनुसार काम गर्ने उनले बताएकाछन् ।
युवाको साथ र जेष्ठ बुबाआमाको भावानालाइ समेटेर अघि बढ्ने इन्द्र गुरुङको प्रतिबद्धता
सवाल नेपालसंवाददाताशुक्रबार, ३० चैत २०७३

युवाको साथ र जेष्ठ बुबाआमाको भावानालाइ समेटेर अघि बढ्ने इन्द्र गुरुङको प्रतिबद्धता
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी

यो पनि पढ्नुहोस् »
बारा-२ मा उपेन्द्र पछि परे
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले भारी मतसहित विजयी
मंगलबार, १२ वैशाख २०८०
बारा-२ मा उपेन्द्र पछि परे
सोमबार, ११ वैशाख २०८०
तनहुँ १ उपनिर्वाचन : १३ हजार मत गन्दा रास्वपाका डा. वाग्लेले कटाए सात हजार मत
सोमबार, ११ वैशाख २०८०
वाग्लेले अग्रता थप फराकिलो पार्दै
सोमबार, ११ वैशाख २०८०
चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
सोमबार, ११ वैशाख २०८०



