काठमाडौं–भारतमा अहिले नयाँ ट्राफिक नियम लागु भएको छ । नियम पालना नगर्ने चालकलाई प्रहरीले निकै नै जरिवाना लगाउँछ ।

कसैको एक लाख भन्दा बढि पनि चलान काटिन्छ भने कसैको त्यो भन्दा कम पनि । कसैको त त्यो गाडीको मूल्य भन्दा पनि बढि चलान काटिन्छ । यसकारण प्रहरीबाट चालकहरुले हैरानी खेपिरहेका छन् ।

यसैबिचमा एक भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । कसैले यस भिडियोलाई अचम्मित त कसैले खतरनाक भनेर टिप्पणी गरिरहेका छन् ।

भाइरल भिडियोमा एम चालकले आफू मोटरसाइकलको पछाडी बसेर बाइकलाई त्यसै छाडीदिएका छन् । मोटरसाइकल आफ्नै गतिमा गुडिरहेको छ । पछाडीको सीटमा बसेका ती चालक रमाइरहेका छन् भने कसैलाई हात उठाउँदै गइरहेका छन् । बाइक निकै अघि सम्म आफ्नै गतिमा अघि बढिरहेको छ ।

यस खतरनाक भिडियो भने हिन्दी टिभि शो ‘तारक मेहताका उल्टा चश्मा’ का निर्देशक असित कुमार मोदीले ट्वीटरमा शेयर गरेका हुन् ।

भिडियो शेयर गर्दै उनले लेखेका छन्, यो बाइक चलाउने नयाँ तरिका हो, यसरी चलाउँदा चलान कसले र कसरी काट्छ ?

त्यस्तै, एक ट्वीटरप्रयोग कर्ताले लेखेका छन्, ‘जब बाइक तल पछारिन्छ, तब यस चालकको जिन्दगीकै चलान काटिन्छ ।’

अर्का प्रयोगकर्ताले भने यो चालकले चलानबाट बच्न नसक्ने बताएका छन्, उनले भनेका छन्, ‘नयाँ नियमअनुसार पछाडी बस्नेले पनि हेलमेट लगाउनु अनिवार्य छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah