दमक/दमक ६ स्थित मोडल सहारी संस्थाले चालु आर्थिक बर्षमा शेयरपुजी बढाउने कार्यलाइ प्राथमिकतामा राखेको छ ।

८ औ साधरणसभामा अध्यक्ष भोला बरालले सहकारीलाइ दर्बिलो बनाउन शेयर पुजी बृद्धि मुख्य उदेश्य रहेको बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

५ बर्षभित्रमा ५ करोड शेयर पुजी पुर्याउने उदेश्य अनुरुप काम गरिने बरालले जनाए ।

दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, जिल्ला सहकारी संघका सञ्चालक सदस्य प्रेम कोइराला, जिल्ला सहकारी संघका लेखा समिति सदस्य चुडामणि ओझा लगायतले शुभकामना राखेका थिए ।

प्रकाश अधिकारीले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन केशव अधिकारी सन्तोषले गरेका थिए ।