सन्तानलाई अनुशासनमा राख्नका लागि प्रायः अभिभावकहरुले निश्चित कार्य गर्न वा नराम्रो बानी छोड्नका लागि सीमित समय तोक्ने गर्छन् ।

यसो गर्दा बालबालिकासँग अभिभावकको सम्बन्धमा असर पर्ने तर्कहरु आइरहन्छ । तर पछिल्लो एक अध्ययनले ‘टाइम आउट’ अर्थात समय सीमा तोक्दा सम्बन्धमा असर नपर्ने देखाएको छ ।

विशेष गरी बालबालिकालाई नराम्रो बानी वा कार्य छुटाउनका लागि समय सीमा तोक्ने गरिन्छ र सो अवधिमा बानी वा कार्य नत्यागेमा ‘यस्तो’ गर्छु या यो दिन्न भनेर केही हदसम्मको डर पनि देखाउने गरिन्छ ।

यस किसिमको प्रयासको आलोचना हुँदै आएका बेला लामो समय लगाएर भएको एक अनुसन्धानमा भने बालबालिका–अभिभावक सम्बन्धमा यसको कुनै नकारात्मक प्रभाव नपर्ने देखिएको हो । ८ वर्ष लगाएर विभिन्न परिवारमा भएको अनुसन्धानमा ‘टाइम आउट’ रणनीतिले बालबालिकाको एन्जाइटी (दुष्चिन्ता) या रिसाहा बानी नबढाउने देखिएको अमेरिकी अनुसन्धानकर्ताले बताएका छन् ।

‘टाइम आउट’ लाई अनुशान कामय गर्नका लागि प्रयोग गरिने अधिनायकवादी रणनीतिका रुपमा पनि परिभाषित गरिन्छ । यस्तो रणनीतिलाई सबै बालबालिकाले आत्मसाथ गर्छन् या मान्छन् भन्ने चाहिँ छैन ।

अमेरिकाको मिसिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले यो अध्ययनकाको क्रममा झण्डै १४ सय परिवारको प्यारेन्टिङ (अभिभावकीय व्यवहार) को अवलोकन गरेका हुन् । उनीहरुले ती परिवारले तीन, पाँच र १० वर्षका बच्चाको पालनपोषण र स्याहार गर्ने शैलीलाई नियालेका हुन् ।

अनुसन्धानकर्ताले आफ्ना अभिभावकप्रति बालबालिकाको सकारात्मकता र नकारात्मकताको मापन गरे । यस्तै बालबालिकाको मानसिक या मनोवैज्ञानिक स्वास्थ्य र सामाजिक गुणहरुको पनि अवलोकन गरे ।

तीन वर्षका सन्तानका एक तिहाई अभिभावकले बालबालिकालाई ‘टाइम आउट’ रणनीति अनुरुप एक कुनामा चुप लागेर बस्न भनेका थिए । यस्तो रणनीति नअपनाएका अभिभावकका सन्तानसँग तुलना गर्दा ‘टाइम आउट’ रणनीति अपनाएका बालबालिकाको एन्जाइटी र डिप्रेसन, आत्म नियन्त्रण या नियम तोड्ने बानीमा कुनै भिन्नता नपाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । तर शारीरिक दण्ड दिइएका बालबालिकामा भने आक्रोसको मात्रा बढ्ने देखिएको छ ।

यस्तै आफू डिप्रेस छु भनेका अभिभावकका सन्तानमा अरुको तुलनामा एन्जाइटी र डिप्रेसशनको लक्षण पाइने सम्भावना बढी पाइएको अनुसन्धानकर्ताले बताएका छन् । उनीहरुमा रिसाहा बानी पनि केही हदसम्म बढी हुने देखिएको छ ।

मिसिगन सी.एस. मोट् चिल्ड्रेन्स हस्पिटलका पिडियाट्रिक साइकोलोजिस्ट डा. रचेल नाइटका अनुसार अधिकांश अभिभावकमा आफूले बच्चाप्रति गरेको व्यवहार सही छ वा छैन भन्नेबारे शंका हुने गरेको र त्यसका लागि इन्टरनेट, सामाजिक सञ्जाल वा साथी तथा स्वास्थ्यकर्मीसम्म पुग्ने गरेका छन् ।

आफूहरुको अनुसन्धानले प्यारेन्टिङ्ग सम्बन्धी केही धारणाहरुबारे अनुगमन गरी निष्कर्ष निकालेको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah