काठमाडौं । सामान्यतयाः विद्यालयमा शिक्षकको हातबाट विद्यार्थी कुटिएको हामीले सुनेका छौं । तर भारत तमिलनाडुको नामाक्कल जिल्लामा पर्ने एक एस उदुप्पम गाउँमा भने शिक्षक पिटिएका छन् । उनले पिटाइ खानुको कारण पनि फरक रहेको छ । ति शिक्षक क्याम्पसमा एक आंगनवाडी कर्मचारीसँग अनैतिक सम्बन्ध राख्दै थिए ।
शिक्षकलाई यस्तो हालतमा देखेपछि गाउँलेहरुले धुलाइ गरेका हुन् । यो घटना एस उदुप्पम गाउँको एक सरकारी स्कूलको हो । सेप्टेम्बर १० को दिन, जब बच्चाहरू स्कूल पछि आ–आफ्नो घर गए, तर सरवानन नाम गरेका एक शिक्षक भने घर गएनन् । उनले स्कुलमा कसैलाई कुरेर बसेको जस्तो देखिन्थ्यो ।
उनको आंगनवाडी कर्मचारीसँग सम्बन्ध थियो । त्यो महिला पनि स्कूल विदा भएपछि त्यहीं बसिन् । स्कुले बच्चाहरूले यसभन्दा पहिले धेरै पटक उनीहरुलाई सँगै जिस्कदैं गरेको देखेका थिए । जब बच्चाहरुलाई शंका भयो तब उनीहरुले आफ्ना माता–पितालाई पनि यस बारे बताए । जब गाउँका मानिसहरुले थाहा पाए कि दुबै जना विद्यालयमा नै छन ।
यति भए पनि गाउँलेहरु सबै स्कुलमा आए र उनीहरुलाई खोज्न थाले । खोज्दै जाँदा दुबैलाई सुख भोगको चरम उत्कर्षमा पुगेको अवस्थामा फेला पारे । त्यसपछि गाउँलेहरुले सरावनानलाई नराम्ररी कुटे । यस बीच, पुलिसलाई यसको बारेमा थाहा भयो ।
पुलिस पनि विद्यालय पुग्यो र सरावननलाई सोधपुछको लागि पुलिस स्टेशनमा लग्यो । यसैबीचमा प्रधानाध्यापकले आरोपित शिक्षक र आंगनवाडी कार्यकर्तालाई कारबाही गर्ने बताएका छन् । दुबैलाई स्कूलको तर्फबाट सूचनाहरू पठाइएको छ । एजेन्सी




