काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । सोमबार एकैदिन ११ सय रुपैयाँ बाढेको सुनको भाउ मंगलबार र बुधबार भने स्थिर रहेको छ।

आज बजारमा छापावाल सुन प्रतितोला ७१ हजार ३ सय तथा तेजावी सुन ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आज सुनको भाउ स्थिर रहेपनि चाँदीको भाउ भने थोरै बढेको छ। आज चाँदी प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। यसअघि चाँदी ८ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ।