काठमाडौँ । पछिल्लो समय नेपाली एक हजारको नोटमा रहेको हात्ती नेपाली होईन भन्ने विवाद बढ्न थालेपछि राष्ट्र बैँकले हात्ती नै फेर्ने तयारी गरेको छ।

पछिल्लो समय हजारको नोटमा रहेको हात्तिको तस्बिर नेपाली नभई विदेशी भएको आशंका बढपछि राष्ट्रबैँकले अब नेपालमै जन्मिएको जुम्ल्याहा हात्ती ‘राम–लक्ष्मण’को पोट्रेट तस्बिर छापिएका हजारका नोट अर्को दसैंसम्म बजारमा ल्याउने भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नोटमा छापिएका हात्तीको दाह्रा र कानले इण्डोनेशिया वरपरको सुमात्रा टापुमा पाइने हात्तीजस्तो देखिएको विज्ञहरु बताउँछन्। यद्यपि, पोट्रेट भएकाले यसको पुष्टि गर्न कठीन हुने डा. विज्ञको आँकलन छ।