काठमाडौं – साइबेरियाको नोभोसिबिर्स्कमा गाडी चलाइरहेकी आन्ना नाकाज्नीखलाई दुईपटक चट्याङ परेको छ ।
टोयोटा एसयूभीमा चट्याङ परेको भिडियो अर्का गाडीचालक गालिना एर्शोभाले खिचेकी हुन् ।
‘मैले केही समय त केही पनि देखिनँ अनि बेस्सरी स्टीयरिङ ह्वील समातें,’ एर्शोभाले चट्याङ देखेपछि भनिन् ।
स्लो मोसन भिडियोमा दुईपटक चट्याङ परेको देखिन्छ ।
चट्याङ परेपछि गाडी अडिएको थियो तर त्यसमा रहेका कसैलाई पनि केही भएन ।
‘मानिसहरू डराएका थिए, त्यत्ति हो,’ एर्शोभाले भनिन् । उनले आफ्नो गाडी रोकिनन् ।
नाकाज्नीखले आफूलाई कुनै चोट नलागेको पुष्टि गर्दै कसैले पनि आफूलाई सहायता गर्न नआएको बताइन् ।
पछि एउटा उद्धार ट्रकलाई बोलाएर कार लग्न भनेको उनले बताइन् । कारलाई मर्मत गरिरहेको उनले जानकारी दिइन् ।
चट्याङ पर्दा कारभित्र बस्नु निकै सुरक्षित हुन्छ तर यात्रीहरूले कारको धातुलाई चाहिँ छुनु हुँदैन ।
कार पूर्ण रूपमा बन्द भएमा अनि त्यसको शीशा पनि नखोसलएमा चट्याङको बिजुली भुइँमा पुग्छ र भित्र बसेका मानिस सुरक्षित हुन्छन् ।



