जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग बन्दुकको गोली पनि निस्कियो । यो देखेर डाक्टर अचम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए ।पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दुख्न थाल्यो ।’
‘परिवारले यसलाई प्रसव पीडा ठान्नुभयो र अस्पताल भर्ना गर्नुभयो ।’
यहाँ भाग्य नै भन्नुपर्छ कि गोलीले न त बच्चालाई केही हानी पुर्यायो न नै रुपालाई केही भयो । डाक्टरले पेटमा गोली लागेको बताए । पेटभित्र छिरेको गोलीले कुनै पनि आन्तरिक अंगलाई क्षती भएन ।
नगर थाना हाजीपुरका एसआई परशुराम सिंहले महिलाको पेटमा गोली लागेको खबर पाएपछि पुलिस अस्पताल पुग्यो । आखिर गोली कसरी चल्यो र कसले चलायो भनेर अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।



