काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो कारोबार दिन शुक्रबार ७१ हजार प्रति तोला रहेको छापावाल सुनको मूल्य आज आइतबार तोलामा ३ सय रुपैयाले बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रति तोला ७१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै आइतबार तेजावी सुनको मूल्य प्रति तोला ७१ हजार रुपैया कायम भएको छ ।

त्यस्तै आइतबार चाँदीको भाउ पनि बढेको छ । शक्रबार प्रति तोला ८ सय ६० रुपैयाँमा कारोबार भएकोमा चांदी आइतबार तोलामा ५ रुपैयाँले बढेर ८ सय ६५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।