लाली गुराँस नेपालको राष्ट्रिय फुल  हो । लाली गुराँस साधारण तया माघ, फागुन तिर फुलेको देखिन्छ। तर छिटो फुल्ने ठाउँमा यो फुल पौषको महिनामा पनि फुलेको देखिन्छ। यसको फुलको रङ्ग रातो हुनका साथै यसको आकार पनि ठुलो हुन्छ ।

यस फुललाई अधिकांश मानिसहरूले देखेता पनि यसको बारेमा भने थाहा नहुन सक्छ । लालीगुराँस हेर्दामा जति आकर्षित देखिन्छ, स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक साबित हुन्छ । तर, यस फुल के का लागी हुन् त फाइदाजनक? आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे।

रगतको कमी हुन दिँदैनः
पहाडी भेगमा पाइने गुलाबी रङ्ग तथा सेतो रङ्गको लालीगुराँस औषधीय गुण हुन्छ । जसको सेवन गर्नाले शरीरमा कहिल्यै पनि रगतको कमी हुन् दिदैंन ।

मिर्गौंला सम्बन्धी रोग नियन्त्रण गर्नः
यदि तपाईँ मिर्गौंला सम्बन्धी रोगी हुनु हुन्छ भने लालीगुराँसको जुसको सेवन गर्ने बानी बसाल्नुहोस् । जसको सेवन नियमित गर्नाले मिर्गौंला सम्बन्धी रोग नियन्त्रण भई शरीरमा रोग प्रतिरक्षात्मक क्षमता समेत विकास गर्दछ ।

रक्तचाप कम गर्छः
यदि तपाईँ राष्ट्रिय फुल लालीगुराँसको जुस नियमित रूपमा सेवन गर्नु हुन्छ भने यसले रक्तचाप बढ्न दिँदैन । यसमा पर्याप्त मात्रामा भिटामिन बी हुने गर्दछ । जसले अनेकौँ रोगहरू जस्तै खोकी, ज्वरोलाई औषधीकै रूपमा काम गर्दछ ।

मुटु रोगीका लागि फाइदाः
यदि मुटु रोगबाट पीडित व्यक्तिले नियमित जसो एक गिलास लालीगुराँसको जुस पिउने हो भने शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न नदिई मुटु रोगसँग सम्बन्धित अन्य खतरा न्यून गर्न पनि महत्त्वपूर्ण भूमिका खेल्दछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah