बिष्णुप्रसाद पोखरेल
दमक/झापाको दमकमा सासु र बुहारी नै उपमेयरको चर्चामा परेकाछन् । नेपाली काँग्रेसबाट रेगिना भट्टराइ प्रसाइ उपमेयरकी प्रमुख दाबेदार हुन् । उनको चर्चा दमकमा धेरै रहेको छ । उनि महिला संघकी क्षेत्रिय सभापति हुन । बिभिन्न वडाबाट नाम सिफारीस हुदा एकनम्बरमा पनि परेकी काँग्रेस श्रोतको भनाइ रहेको छ । उनि उपमेयरमा दर्बिलो उम्मेदवारको रुपमा दमकमा हेरिन्छ ।
यसैगरि नेकपा एमालेकी जिल्ला सदस्य सुमित्रा प्रसाइ पनि एमालेबाट उपमेयरको दाबेदार गर्नेमा पर्छिन् । उनको पनि चर्चा दमकमा कम छैन । उनि एमाले तथा एमाले निकट अखिल नेपाल महिला संघमा लामो समयदेखि बिभिन्न तहमा रहेर काम गरिसकेकीछन् । एमालेभित्र दर्बिलो उम्मेदवारहरु मध्ये उनि पनि पर्छिन् । उपमेयरमा एमालेबाट चर्चामा आउदा उनको नाम पनि चर्चामा रहेको छ ।
अहिलेसम्म उपमेयरको बिषयमा दूबै पार्टीले नाम चयन गरिसकेका छैनन् । सासु बुहारी नै पर्ने हुन की भनेर अहिले दमकमा चर्चा रहेको छ । उपमेयरमा सासु बुहारीले नै टिकट पाएमा के होला ?
बिष्णुप्रसाद पोखरेल



