काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज पनि छापावाल सुन त्यही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी कारोबार व्यवसायी महासंघले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस्तै तेजाबी सुन पनि अघिल्लो दिनकोझैं ७१ हजार रुपयाँमै कारोबार भइरहेको छ । चाँदीको मूल्य भने आज बढेको छ ।

आइतबार प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।