एजेन्सी/ दिमाग नलगाइकन मोबाइल फोनमा झुण्डिँदा आँखा मात्र नभई नितम्बमा पनि असर गर्ने एक चिकित्सकले चेतावनी दिएकी छन् ।

डा साराह जार्भिसका अनुसार, शौचालयमा मोबाइल फोन लिएर जाने गर्दा हेमोरोइड्सको सम्भावना हुन्छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यो पाइल्सको अर्को नाम हो । नितम्बभित्र वा बाहिर रक्तनली फुलेर बन्ने गाँठो नै पाइल्स हो ।

हुन त फोन प्रयोग गर्दैमा पाइल्स हुने हैन तर शौचालयमा मोबाइलका साथ अत्यधिक समय बिताउँदै इमेल वा सामाजिक सञ्जाल चलाउँदा पनि पाइल्स भइदिन सक्छ ।

मोबाइल लिएर बस्दा दिसा निकाल्नका लागि कनिन्छ र त्यसले तल्लो रेक्टमका नसामा दबाब पर्छ र ती सुन्निन्छन् ।

लन्डनमा प्राक्टिस गर्ने डा साराह जार्भिसले द सन पत्रिकालाई बताइन्, ‘कब्जियत र दिसा गर्न कन्ने कामले पाइल्सको जोखिम बढाउँछ । गर्भवती हुनु, लहरेखोकी लाग्नु र बूढो हुँदै जानु पनि अन्य कारक हुन् । तर शौचालयमा लामो

समय बस्नु चाहिँ पाइल्सको जोखिमको प्रमुख कारण हो । आजकल मानिसहरूलाई दिसा गरुन्जेल यापहरू चेक गर्न मन लाग्छ तर चिकित्सकहरू त्यसो नगर्न सल्लाह दिन्छन् ।’

पाइल्सको समस्या सोचेभन्दा धेरै मानिसलाई हुने किनकि धेरै मानिसले चुपचाप यसलाई सहने गरेको डा जार्भिसले बताइन् ।समय समयमा चारमध्ये तीनजनालाई पाइल्स हुने द मायो क्लिनिकले जनाएको छ ।

हुन त पाइल्स आफैं बिस्तारै निको हुन्छ तर प्रोल्याप्स्ड हेमोरोइड भएमा यसले असह्य पीडा दिन्छ ।यसबाट बच्न उच्च फाइबरयुक्त खानेकुरा र प्रशस्त पानी पिउनुपर्छ ।