एजेन्सी/सोभियत संघबाट अलग भएर बनेको देश अर्मेनियाको गाउँ स्पेन्डरियनमा बस्ने स्यटेनिक काजेरियनको आँखाबाट हरेक दिन ५० क्रिस्टल आँसु निस्कने गर्दछ । २२ वर्षीया काजेरियनको यसप्रकारको रोग देखेर डाक्टर समेत हैरान भएका छन् ।
उनीहरु यसको कारण पत्ता लगाउन जाँचमा लागिपरेका छन् । एक बच्चाकी आमा समेत रहेकी काजेरियनका अनुसार यस स्थितीमा उनले जीवनमा मुश्किलको सामना गर्नुपरेको छ । उनको परिवार खेती किसानी गर्छ ।
जसकारण उनीहरुसँग पैसाको पनि कमी रहेको छ । उनी भन्छिन्, ‘केही पहिले म दाँतको चेकजाँच गर्न डेन्टिस्टको मा गएको थिएँ । त्यसबेला नै मलाई आँखामा धुलो पसेको जस्तो भयो ।’
तर आँखाबाट अचानक क्रिस्टल निस्कियो । त्यसपछि हामी तुरुन्त अस्पताल गएका हौँ । सुरुवातमा औषधीले मलाई केही राहत दियो तर अहिले क्रिस्टल नै आँसुको रुपमा आउने गर्दा मलाई अप्ठेरो भएको छ ।
उनले भनिन्, ‘कसैलाई पनि मेरो बिमारीको बारेमा जानकारी छैन, त्यसैले डाक्टरले उपचार गरेका छैनन् र शल्यक्रिया समेत गर्न सकेका छैनन् ।’



