अरुण कावेली पावर लिमिटेड(AKPL)ले आईतबारदेखि सेयर कारोबार खुल्ला गरेकोमा केही लगानीकर्ताहरुको हितग्राही खातामा मात्र सेयर पठाएर कारोबार खोलेको पाईएको छ । लगानीकर्ता प्रेम पाण्डेले मेरो लगानी डटकमलाई ईमेल पठाएर वास्तविकता सार्वजनिक गरिदिन आग्रह गरेपछि कम्पनीसँग बुझ्दा सो कुरा खुलेको हो ।

लगानीकर्ता पाण्डेले आफ्नो हितग्राही खाताको नम्बर समेत दिई मेरोलगानी डटकमलाई आग्रह गरेका थिए । यस बारेमा अरुण काबेलीका सेयर रजिष्ट्रार अधिकृत निखिल श्रेष्ठसँग बुझ्दा उनले एक लाख लगानीकर्ताको खातामा सेयर पठाईएको तर ३० हजार जना लगानीकर्ताको खातामा पठाउँनै बाँकी रहेको स्वीकार गरे ।

श्रेष्ठले भने, हामीले एकलाख जनाको खातामा सेयर पठाईसक्यौ, ३० हजार जनाको खातामा सेयर हाल्ने गरी सीडीएससीमा पठाउनै बाँकी छ, संभवत भोलिसम्म सीडीएससी जाला र लगानीकर्ताले चाँडै नै सेयर पाउलान् ।

अरुण काबेलीको सेयर निश्काशन सिद्धार्थ क्यापिटलले गरे पनि सेयर बाँडफाँडपछि सेयर रजिष्ट्रार अर्थात आरटीएसको काम भने अरुण काबेली आफैले गर्दै आएको छ ।

लगानीकर्ता प्रेम पाण्डले भने अरुको खातामा सेयर गएर मूल्य बढेको बेला बेच्न पाउँदा आफ्नो खातामा सेयर नआएर मर्का परेको भन्दै आफुहरुमाथि कम्पनीले अन्याय गरेको गुनासो गरे ।

यस बारेमा नेपाल धितोपत्र बोर्डको गुनासो सुन्ने अधिकारी हरि भुसालको ध्यानाकर्षण गराउँदा आंशिक रुपमा केही लगानीकर्ताको खातामा मात्र सेयर पठाएर सेयर कारोबार खोल्नु अपराध भएको स्पष्ट पारे । उनले बोर्डले यसबारेमा अध्ययन गर्ने र वास्तविकता लगानीकर्तालाई जानकारी गराउने वचन दिएका छन् ।

अरुण काबेलीले गत कात्तिक ९ देखि कात्तिक १२ गतेसम्म सर्वसाधारणलाई बिक्री गरेको ३० करोड रुपैंयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर निश्काशन गरेको थियो । कम्पनीले ३५ हजार रुपैयाँ सम्म लगानी गर्नेलाई गोला प्रथाबाट प्रति आवदेन १० देखि १३ कित्ताका दरले र ठुला लगानीकर्तालाई १.९७ प्रतिशत दरले सेयर बाँडेको थियो ।

एक लाख ६० हजार बढी आवेदनबाट ४२ गुणा बढी १२ अर्ब ६४ करोड रुपैंयाँको आवेदन परेको थियोे । जसमा ५ हजार रुपैंयादेखि ३५ हजार रुपैंयासम्मको आवेदन गर्नेले गोला प्रथाबाट १० देखि १३ कित्ताका दरले शेयर पाएका थिए।

३५ हजार रुपैंयाँ भन्दा माथि ५० हजार रुपैयाँ सम्म आवेदन गर्ने सबैले २.६७ प्रतिशतको अनुपातले शेयर पाए भने त्यस भन्दा माथि अर्थात ५० हजार भन्दा माथि आवेदन दिने ठुला लगानीकर्ताले अनिवार्य रुपमा १.९७ प्रतिशतका अनुपातले शेयर पाएका ।

सर्वसाधारणमा ३० करोड रुपैयाँको शेयर बाँडफाँड पश्चात चुक्तापूँजी १ अर्ब ५० करोड पुगेको छ । अरुण काबेली अरुण भ्याली हाइड्रो पावरको सहायक कम्पनी हो ।

कम्पनीले पाँचथर र ताप्लेजुङको सिमानामा पर्ने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी वान जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

मेरो लगानी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah