काठमाडौं । आज (शुक्रबार) अमेरिकी डलरसहित सबै देशको भाउ ओरालो लागेको छ । आज अमेरिकी डलर एकको खरिददर ११३ रुपैयाँ १२ पैसा रहेको छ भने बिक्रिदर ११३ रुपैयाँ ७२ पैसा रहेको छ।
त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १३९ रुपैयाँ ६१ पैसा र बिक्रिदर १४० रुपैयाँ ३५ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३१ पैसा रहेको छ। त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २३ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३० रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ९६ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपैयाँ ९६ पैसा तथा बिक्रिदर २७ रुपैयाँ १० पैसा रहेको छ।



