लन्डन ,सन् २००९ मा म्यानचेस्टर युनाइटेडमा रहँदा रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप जर्मन पत्रिका डेर स्पिएगलले लगाएको छ, घटना साम्य पार्न रोनाल्डोले ती महिलालाई तीन लाख पाउन्ड दिएको दाबी पत्रिकाको छ
पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले एक महिलालाई बलात्कार गरेको आरोप जर्मन पत्रिका डेर स्पिएगलले लगाएको छ । सो पत्रिकाले सोमबारको संस्करणमा रोनाल्डोले सन् २००९ मा २० वर्षीया महिलालाई बलात्कार गरेको जनाएको छ । त्यसवेला रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध थिए । रोनाल्डोले पत्रिकाको दाबी अस्वीकार गरेका छन् ।
चुपचाप बस्न तीन लाख पाउन्
जर्मन पत्रिका डेर स्पिएगलले रोनाल्डोमाथि आरोप मात्र लगाएको छैन, घटना साम्य पार्न स्टार फुटबलरले महिलालाई तीन लाख पाउन्डसमेत दिएको दाबी गरेको छ । ‘सन् २००९ को बलात्कार घटनामा रोनाल्डोले महिलालाई चुप बस्न र मिडियासँग कुराकानी नगर्न तीन लाख पाउन्ड दिएका थिए,’ रोनाल्डोमाथि आरोप लगाउँदै डेर स्पिएगलले जनाएको छ, ‘हामीले महिलाले बुझाएको प्रमाण सुरक्षित राखेका छौँ ।’ ती महिलाले लिखित रूपमा घटनाको जानकारी पत्रिकालाई दिएको सो पत्रिकाले जनाएको छ ।
रोनाल्डोले आरोप अस्वीकार गरे
जर्मन पत्रिकाले सनसनी समाचार प्रकाशन गरेपछि रोनाल्डो तनावमा छन् । उनले आफ्ना एजेन्टमार्फत आपूmमाथि लगाइएको सबै आरोप झुटो भएको दाबी गरेका छन् । ‘अहिले जति पनि हल्ला चलेको छ, त्यो सबै भूmटो र असत्य हो,’ रोनाल्डोले भने, ‘यो केवल ममाथि ईष्र्या गर्नेहरूको चलखेल हो ।’
रोनाल्डोले आफ्नो छवि बिगार्ने समाचार छाप्ने पत्रिकाविरुद्ध मानहानि मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन् । ‘यो एक पत्रिकाले चलाएको हल्ला मात्र हो, मेरो नाम बदनाम गर्ने पत्रिकाविरुद्ध म मानहानि मुद्दा दर्ता गर्छु,’ रोनाल्डोले भने ।



