शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् र त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्।

शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमा पूजा गर्ने गरिन्छ। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन रही आएको छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश हो । यसभित्र दर्शन र विज्ञान दुबै रहेको छ । खरानीलाई पवित्रताको प्रतिक मानिन्छ । अर्थात रिस, द्वेष, लोभ, मोह, क्रोध सबै नरहेको अवस्था नै खरानी हो । के पनि भनिन्छ भने खरानीमा ‘उर्जा-शरीर’ लाई निर्देशित र नियन्त्रित गर्ने क्षमता हुन्छ ।

यो एक प्राचिन उपचार विधी भएकोले अनेक रोगबाट छुटकारा दिलाउछ । भगवान शिवको पूजामा भष्मको निक्कै खास महत्व हुन्छ । भनिन्छ, भगवान शिव मृत्युका स्वामी हुन् र उनी शव जलाइसकेपछि बाँकी रहेको खरानी आफ्नो शरीरमा धारण गर्छन् । यसको अर्थ यो हो कि, यस धर्तीमा जतिपनि जन्म हुन्छ, उसले एक न एक दिन धर्तिलाई छाडेर जानुपर्छ ।

पौराणिक कथा

पौराणिक कथा अनुसार माता सतीले स्वंमलाई अग्नीमा समर्पित गरेर आत्मदाह गरेकी थिइन् । यो खबर सुन्न साथ् भगवान शिव बेचैन भए । उनी आफ्नी पत्नीको शव बोकेर कहिले आकास त कहिले धर्तीमा घुम्न थाले ।

जब भगवान विष्णुले महादेवको यस्तो दशा देखे, तब सती माताको शरीर छोएर त्यसलाई भष्ममा बदले । उक्त भष्मलाई शिवजीले आफ्नो शरीरमा धारण गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah