#

सम्पादक पोखरेललाइ सभ्य समाज कृषि सहकारी जागरण सम्मान एवं पुरुस्कार प्रदान

    २०७६ आश्विन १२, आईतवार १७:०५ मा प्रकासित

दमक/ झापाको दमकस्थित सभ्य समाज कृषि सहकारी संस्थाले यो बर्षको सभ्य समाज कृषि सहकारी जागरण सम्मान एवं पुरुस्कार सवाल नेपाल डिजिटल पत्रिकाका सम्पादक, गोरखापत्र दैनिकका पत्रकार विष्णुप्रसाद पोखरेललाइ प्रदान गरेको छ ।

सहकारीको तेश्रो बार्षिक साधरणसभाको अवसरमा यो सम्मान एवं पुरुस्कार प्रदान गरेको हो । बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष तुलाराम न्यौपाने र सहकारीका अध्यक्ष विश्वासकुमार काश्यपले संयुक्त रुपमा सम्मान गरेका थिए ।

सो अवसरमा दमक उद्योग बाणिज्य संघका नव निर्वाचित अध्यक्ष गोकुल श्रेष्ठ सहितका पदाधिकारी तथा सदस्यहरुलाइ सम्मान पनि गरिएको थियो । नव निर्वाचित टिमलाइ शुभकामना सहित सफल कार्यकालको शुभकामना प्रदान गरिएको थियो ।

कार्यक्रममा अध्यक्ष विश्वासले एकबर्षको प्रगती विवरण सहित आगामि बर्षको कार्यक्रम प्रस्तुत गरेका थिए । दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, निवर्तमान अध्यक्ष राजेन्द्र ढकाल, होटल ब्यवसायी संघका क्षेत्रिय अध्यक्ष राजन दंगाल, युवा नेता रोशन विष्ट लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु