बिष्णुप्रसाद पोखरेल
दमक/नयाँ बर्षको अघिल्लो दिन प्रेस चौतारी क्षेत्रिय समितिले पत्रकार मञ्चको कार्यालयमामा राखेको शुभकामनामा राप्रपाका केन्द्रिय नेता तथा दमकमा मेयरका उम्मेद्वार गगन पुरी र राप्रपाका सहमहामन्त्री तथा राप्रपाबाट दमकका मेयरका उम्मेदवार राम थापाबीच घोचपेच राम्रैसंग चल्यो । पुरीले थापाको नाम नै लिएनन् तर थापाले पुरीलाइ शुभकामना दिए । पुरीले घुमाउरो भाषामा दमकलाइ उपमहानगर बनाउन नदिनेहरु जनताको मनमा छु भन्दै भन्नुको अर्थ नरहेको भन्दै थापाको आलोचना गरे । उनले भने, षडयन्त्र गरेर, छलछाप गरेर मान्छेको मुटुमा छु भनेरभोट मागेर जितिदैन ।
पुरीले आफ्नो प्रतिस्पर्धि नभएको र अहिले एक्लै दौडमा रहेको बताएपछि थापाले त्यसको जवाफ पनि निक्कै मज्जाले दिए । उनले आफ्नो राजनीतिकको जिबन र मरणको प्रश्न लिएर मत मागिरहेको बताए । उनले पुरीलाइ पनि जवाफ फर्काए, हामी उम्मेदवार छौ, ब्यथा सबैलाइ लागेको छ । कोहि भर्खर गर्भ बोकेर चिच्याउदैछन् कोहि हामी गर्भ बोकेर तुइदातुइदा थाकेका छौ, पहिलो गर्भ बोक्ने र थाकेकोको पीडा अब पछि थाहा पाइन्छ । मेरो मित्रले प्रतिद्धन्दि देख्नु भएन एक्लै हुनोहुदो रहेछ शुभकामना नै छ ।
हेर्नुहोस भिडियो गगन पुरी र राम थापाको जुहारी
https://www.youtube.com/watch?v=sRVf-kQYS0M



