#

दमकमा एक सहकारीको ११ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण

    २०७६ आश्विन १४, मंगलवार १७:०७ मा प्रकासित

दमक/ झापा दमक ६ को शब्जि बजार कृषि सहकारी संस्थाले ११ प्रतिशतभन्दा कम ब्याजदरमा विपन्न तथा निम्न बर्गका महिलालाइ ऋण उपलब्ध गराउने भएको छ ।

 

मंगलवार सहकारीको तेस्रो साधरणसभामा यस्तो जानकारी गराईएको हो । सहकारीका अध्यक्ष विपिन बस्नेतले आफ्नो प्रतिवेदन पेस गर्र्दै प्रतिस्पर्धीसंगै सस्तो ब्याजदरमा कारोबार गर्ने सहकारीको रुपमा उभ्याउने जनाएका थिए ।

 

दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको प्रमुख आतिथ्यमा दमकस्थित पुशपति मन्दिरमा साधरणसभा भएको थियो । प्रमुख अतिथि श्रेष्ठले सहकारी र सहकारीताको माध्यमबाट आफ्नो ठाँउको विकास गर्न सकिने बताएका थिए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

फेसबुकमा तपाईको प्रतिक्रिया

सवाल नेपाल टिभी

सम्बन्धित शीर्षकहरु