गोपाल सुवेदी तेलअभीब/ ईजरायल -हिन्दु धर्मको रक्षार्थ एवम् हिन्दु धर्मालम्बिहरुलाई एक गर्ने उदेश्यले ईजरायलमा ओम जनजागरण अभीयान शाखाको स्थापना गरिएको छ। तेलअभीबमा एक कार्र्यक्रमको आयोजना गरि नितु कार्कीको अध्यक्षतामा शाखाको स्थापना गरिएको हो । शाखाको उपाध्यक्षमा भक्ति सापकोटा, सहउपाध्क्षमा देवी खरेल, महासचिवमा गौरिमाया सुवेदी, सचिवमा मिलन पोखरेल, कोषाध्यक्षमा मिना विडारी, सह कोषाध्यक्षमा खिला कुवर चयन हुनुभएको छ । यसैगरि सांस्कृतीक व्यवस्थापन प्रमुखमा उर्मिला श्रेष्ठ, सांस्कृतीक व्यवस्थापन उपप्रमुखमा मनु सापकोटा, संगठन संरक्षण प्रमुखमा अनीरुद्र सुवेदी, संगठन सह प्रमुखमा रेसम क्षेत्री चयन हुनुभएको छ ।

शाखाको प्रमुख गुरु आचार्य दिलीप गुरु, सह गुरु गणेश पौडेल रहनुभएको छ । यसैगरि शाखाको वरिष्ठ सल्लाहकारमा दिपेन्द्र थापा, बिना पोखरेल, जानुका खड्का, नितु खतीवडा, काजल घिमीरे, कृष्ण रायमाझी, गणेश गिरि र डम्बर गुरुङ चगन हुनुभएको छ । एन आर एन ईजरायलका अध्यक्ष दिपक ओलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतीनिधि, संञ्चारकर्मी लगाएको सहभागीता रहेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड