एजेन्सी / दसैँ नेपालीहरूको प्रमुख चाड मानिन्छ । राष्ट्रिय चाड समेत मानिने दसैँ हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म शक्तिको आराधना गरी दसौँ दिन बिहान दशमीका दिन आफूभन्दा ठुला मान्यजनहरूको हातबाट टीका-प्रसाद ग्रहण गरी मिठो मिठो खानेकुराहरू खाने गर्छन् । जसको विशेषता दसैँको दिन छुट्टै किसिमको पनि हुन्छ । त्यसैले सो दिन मासुलाई विशेष परिकारको पकाउन र स्वादिष्ट बनाउन पनि जरुरी छ । त्यसैले आज हामी चर्चा गर्नेछौँ, मासुलाई स्वादिष्ट बनाउने तरिका बारे ।
पहिला सुरुमा कराई आगोमा बसाली तेल हाल्नुहोस् ।
जब तेल तातिन्छ, तब ल्वाङ, सुकुमेल, दालचिनी, तेजपत्तालाई पनि हाल्नुहोस् ।
त्यसमा फेरी प्याज हाली रातो हुने गरी पकाउनुहोस् ।
प्याज रातो भैसके पश्चात् मासुलाई कराईमा हाल्नुहोस् ।
त्यस पश्चात् मासुलाई करिब दुई मिनेटसम्म चलाई राख्नुहोस् ।
दुई मिनेटपछि नुन बेसार राखेर फेरी पनि चलाउनुहोस् ।
नुन र बेसार राखेको मासुलाई २० मिनेटसम्म सानो आगोको तापमा पकाउनुहोस् ।
बेला बेलामा मासुलाई चलाई पनि राख्नुहोस् ।
मासुलाई फेरी ठुलो आगोको तापमा थप १५ मिनेट पकाउनुहोस् ।
३५ मिनेट पश्चात् मसला हालेर राम्रोसँग चलाउनुहोस् ।
मसला राखेको करिब ३ मिनेटपछि टमाटर काटेर मासुमा हाल्नुहोस् ।
जब टमाटर पाक्छ, तब मनतातो पानी मासुमा राख्नुहोस् ।
मासुमा मनतातो पानी हालेपछि ५ मिनेटसम्म फेरी पाक्न दिनुहोस् ।
र सबै तयार भइसके पश्चात् हरियो धनियाँ कति मासुमा राख्नुहोस् । जसले गर्दा तपाइको खानको परिकार स्वादिष्ट हुनका साथ साथै मिठो पनि देखिनेछ ।



