काठमाडौं – मानव अधिकार तथा शान्ति समाजले स्व. कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र स्व. राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान गरी दुई पुरस्कार स्थापना गरेको छ।

स्रष्टा सम्मान पुरस्कारअन्तर्गत प्रत्येक वर्ष साहित्यका विभिन्न विधामा योगदान गरेका एक महिला र एक पुरुष गरी दुई जनालाई जनही रु २० हजार नगद र सम्मानपत्र प्रदान गरिने समाजका सभापति उत्तम पुडासैनीले जानकारी दिए।

पुरस्कार स्थापना गर्न अक्षय कोषका लागि स्व दाहालद्वयका पनातिनी तथा नातिनीहरू अनुजा थापा, अनुपमा पाण्डे र अपूर्वा शर्माले रु तीन लाख समाजलाई प्रदान गरेका छन्। कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान र राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान हरेक वर्ष महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मजयन्तीका अवसरमा प्रदान गरिने छ।

पुरस्कृत व्यक्तित्व छनोटका लागि समाजका केन्द्रीय कार्य समितिका सभापति पुडासैनीको संयोजकत्वमा सल्लाहकारहरू होमकान्त चौलागाईं, डा गङ्गाधर अधिकारी, वरिष्ठ उपसभापति गोविन्द खनाल, उपसभापतिद्वय विष्णुप्रसाद चापागाईं, रेनुका पौडेल र महासचिव सुशील बस्नेत सम्मिलित छनोट समिति गठन गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah