काठमाडौं / आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ७० हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज ७ सय रुपैयाले बढेर ७० हजार ७ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चादीको भाउ पनि बढेको छ हिजो प्रतितोला ८ सय ४५ रुपैंयामा कारोबार भैरहेको चादीको भाउ आज बढेर ८६० पुगेको महासंघले जनाएको छ ।



