काठमाडौं / आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार प्रतितोला ७० हजार ७ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज १ सय रुपैयाले घटेर ७० हजार ६ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ७० हजार ३ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चादीको भाउ पनि घटेको छ, हिजो प्रतितोला ८ सय ६० रुपैंयामा कारोबार भैरहेको चादीको भाउ आज घटेर ८५० पुगेको महासंघले जनाएको छ ।



