काठमाडौं /  आज (बिहिबार) नेपाली बजारमा सुनको मूल्य यथावत रहेको  छ ।  बुधबार प्रतितोला ७० हजार ६ सय रुपैंयामा कारोबार भएको सुनको मुल्य आज पनि सोहि मुल्यमा नै  कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७०  हजार ३   सय रुपैंयामा कारोबार भैरहेको छ । त्यस्तै आज चादीको भाउ भने  घटेको  छ, हिजो  प्रतितोला ८ सय ५०  रुपैंयामा कारोबार भैरहेको चादीको भाउ आज घटेर  ८४५ पुगेको  महासंघले जनाएको छ ।