काठमाडौं/ गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौं महाधिवेशनबाट कुमार पन्त अध्यक्ष निर्वाचित भएका छन् ।

पन्तले अध्यक्षका अर्का उम्मेद्धवार कुल आचार्यलाई पराजित गरेका हुन् । मतगणनाको सुरुवाती चरणमा आचार्य अगाडि थिए । तर, मतगणनाको अन्त्यतिर आएपछि पन्तले आचार्यलाई पछाडि पारे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् । यद्दपी मतपरिणाम औपचारिक घोषणा हुन भने बाँकी रहेको छ ।

विजयी पन्तले केहिबेरमा परिणाम सार्वजिनक गर्ने भन्दै सबै प्रतिनिधिलाई भेला हुन आग्रह गरेका छन् ।

पन्त संघका छैटो अध्यक्ष हुन् । यसअघि संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले दुई कार्यकाल, देवमान हिराचनले एक कार्यकाल, जीवा लामिछानेले एक कार्यकाल, शेष घलेले दुई कार्यकाल र भवन भट्टले संघको नेतृत्व गरेका थिए ।

बिहीबार राति ११ बजेदेखि मतगणना शुरु भएको थियो। नेतृत्व चयनका लागि भएको निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको थियो। बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको थियो। खबरहब