भुपेन्द्र तिम्सिना,

स्थानीय निकायको निर्वाचनमा मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा २ पार्टीबाट एकै परिवारका ३ जना उम्मेदवारको आकांक्षी देखिएका छन् । पथरीशनिश्चरे १ निवासी पथरी उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष कविता पराजुली नेपाली कांग्रेसबाट नगरको उपप्रमुखको उम्मेदवारको आकांक्षी रहनु भएको छ । उहाँका श्रीमान प्रदिप पराजुली १ नम्बर वडाको वडाध्यक्षको उम्मेदवारको आकांक्षी रहनु भएको छ । पथरी उद्योग वाणिज्य संघका कार्य समिति सदस्य रहनु भएका प्रदिपका भाई प्रेम नेकपा एमालेबाट वडा सदस्यको उम्मेदवारको दावेदारीमा रहनु भएको छ । उता, जिल्लाको उर्लाबारीमा जेठानी र देउरानी २ पार्टीका दलित महिला सदस्यको उम्मेदवार नै टुंगो लागेका छन् । उर्लाबारी ६ मा कांग्रेसबाट जेठानी सरिता महरा पाँचकोटी र राप्रपा नेपालबाट देउरानी गीता पाँचकोटी उम्मेदवार बन्नु भएको हो । सरिता नीजि विद्यालयकी शिक्षिका हुनुहुन्छ । गीताका श्रीमान बैदेशिक रोजगारीमा रहनु भएको छ । गीता पहिले एमालेमा हुनुहुन्थ्यो । दुवैजना सक्रिय कार्यकर्ता नभई सामान्य सदस्य रहनु भएको छ ।

सप्तकोशी अनलाइनबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah