दिनदिनै जाडो बढेको हामीले महसुष गरेकै छौं । हिजोभन्दा आज जाडो बढ्दैछ ।जाडो मौसम छालाको लागि अनुकुल मानिदैन । यसवेला वाहिरी वातारण सुख्खा हुन्छ । यसले छालामा सोझो असर गर्छ । अझ काठमाडौं वा शहरी क्षेत्रमा धुलो-धूँवाले छालालाई थप नोक्सान पुर्‍याउँछ । वाहिरी चिसो र भित्री ताताको सन्तुलन नमिल्दा पनि त्यसको प्रभाव छालामा देखिन्छ । त्यसैले जाडो याममा छालाको सौन्दर्य कायम राख्न बढी सजग हुनुपर्छ । छालालाई कसरी मुलायम, चम्किलो, रसिलो, स्वस्थ्य राख्ने भन्ने कुरा जान्नुपर्छ ।

के हुन्छ जाडोमा ?

जाडोमा खासगरी छाला रुखो हुने, फुट्ने, सुख्खा हुने समस्या हुन्छ ।त्यस्तै छाला चिलाउनेे, हात गोडा फुट्ने, छालाको पत्र निस्कने, अनुहारमा चाया-पोतो आउने तथा बढ्ने र रुखो हुने समस्या हुन्छ । अर्कोतिर टाउकोमा पनि चाया पर्ने गर्दछ ।

विशेषगरी जाडोमा बढी देखिने रोगहरुमा एक्जिमा र डर्माडाइटिस, पोलीमफिर्क लाईट इरप्सन, पोरोसिस, पर्नासिस(हात खुट्टाका औला सुन्निएर निलो हुने ) आदी पर्दछन् ।

जाडोमा छाला सुख्खा किन हुन्छ ?

जाडो मौसममा वायुको आद्रता कम हुने गर्छ । जसका कारण हावामा पानीको मात्रा कम हुन्छ । त्यस्तै, जाडोमा पानीको सेवन कम हुने तथा शरीरबाट पसिना कम आउने भएकोले पनि जाडोमा छाला सुख्खा हुने गर्छ ।

अब कसरी छालाको चमक जोगाउने त ?

हामीले भनिहाल्यौ, जाडोमा वायुको आद्रता कम हुन्छ । यसले छालामा आवश्यक पानीको मात्रा पुग्दैन । त्यसले गर्दा छाला रुखो, सुख्खा देखिन्छ । यसबाहेक छालाको पत्र उप्किने, चिलाउने, सुन्निने, दागहरु आउने समस्या हुन्छ । यसबाट बच्नका लागि केहि घरेलु उपचार विधी अपनाउन सकिन्छ ।

१. पर्याप्त मात्रामा पानी सेवन गरौं । वा झोलयुक्त पदार्थ सेवन गरौं, जसले छालामा पानीको अभाव पुरा गर्छ ।

२. अनुहारमा तातो पानीको बाफ लिने गरौं । यसले बन्द भएको रोमछिद्र खुल्छ ।

३. हातले हल्का मसाज गरौं । यसले अनुहारमा रक्तसंचार हुन्छ र छालाको सौन्दर्य कायम राख्छ ।

४. साबुनले अनुहार धुने नगरौं । संभव भएसम्म नन ड्राई क्लिन्जर फेसवास प्रयोग गरौं ।

५. मोश्चराइजिङ क्रिम पनि प्रयोग गर्नुपर्छ । यद्यपी आफ्नो छालाको प्रकृति अनुसार त्यसको छनौट गरौं ।

६. बाहिर हिँड्नुअघि सन प्रोटेक्सन क्रिम लगाउनुपर्छ । धुलो र धूँवाबाट छालालाई जोगाउन माक्स, स्कार्फ आदिको प्रयोग गरौं ।

७. छालालाई स्वस्थ्य राख्ने भन्दा हामी छालाको वाहिरी स्यहारमा मात्र ध्यान दिन्छौ । यद्यपी यसमा आन्तरिक रुपले नै हामी सेचत हुनुपर्छ । त्यसका लागि खानपानमा खास ध्यान दिनुपर्छ । स्वस्थ्य र सन्तुलित खानेकुरा सेवन गर्नुपर्छ ।

८ं मौसमी फलफूल सेवन गरौं, जसले जाडोमा छालाको सौन्दर्य कायम राख्छ ।

९. प्राणायाम जस्ता विधीले पनि शरीरमा पर्याप्त अक्सिजन पुग्छ । यसले छालालाई स्वास्थ्य राख्न सघाउँछ ।

के नगर्ने ?

जाडोमा हिटर तापिन्छ । लामो समय हिटरको रापमा बस्दा त्यसले छालालाई रुखो बनाउँछ ।

अधिक तातो पानीले ननुहाउने

हल्का तातो पानीले नुहाएपश्चात्त मोइस्चराईजिङ्ग कि्रमको प्रयोग गर्ने

भित्र सुतीको लुगा लगाएर मात्र उनी लुगाको प्रयोग गर्ने । अन्यथा उनी लुगा सिधै लगाउँदा यसले छालामा एलर्जीको समस्या निम्त्याउन सक्छ ।

कपालको हेरचाह

जाडोमा छालाको स्याहार जस्तै कपाल पनि अछुतो रहदैन । कपालको हेरचाहका लागि सलफेट नभएको स्याम्पूको प्रयोग गर्नु पर्छ । यसले कपाल सुख्खा हुन दिदैन ।

त्यस्तै, जाडोमा यसै पनि हावा सुख्खा हुने भएकोले कपालमा आइरन तथा ड्रायरको प्रयोग नगर्न चिकित्सकहरु सुझाव दिने गर्छन् । कन्डिसनर वा मोइस्चराइजर भएको हेयर प्याक लगाउन सकिन्छ ।

अनुहारको हेरचाह

जाडोमा जति छालाको हेरचाह आावश्यक छ, अनुहारको हेरचाह गर्न पनि त्यति नै आवश्यक छ । विशषगरी जाडोमा बढी समय घाममा बसिरहने हुदाँ अनुहार कालो हुने , अनुहारमा चाया आउने तथा पोतो आउने डर हुन्छ । त्यो नहोस् भन्नका लागि पनि जाडोमा सनकि्रमको प्रयोग बढी गर्नुपर्छ । सकेसम्म एसपिएफ बढी भएको कि्रमको प्रयोग गर्नु उचित हुन्छ ।

खुट्टाको हेरचाह

जाडोमा खुट्टाको हेरचाह पनि उत्तिकै जरुरी छ । जाडोमा हावा सुख्खा हुदाँ अधिकांश मानिसमा खुट्टा फुट्ने समस्या धेरै हुने गर्छ । यसको रोकथामको लागि पनि मोइस्चराईजर कि्रमको साथमा राती मोजा लगाएर सुत्नु राम्रो हुन्छ । यसले छाला नरम बनाउनुका साथै छालालाई फ्ट्न दिदैन ।

हुन त जाडोमा छालाको स्याहार भन्न साथ हाम्रो दिमागमा ग्लिसिरिन तथा मोइस्चराईजरको प्रयोग नै भन्ने बुझिन्छ । जबकी आवश्यक मात्रामा फयाटी एसिड, माछाको तेल, पि्रम रोज तेल, एभोकार्डो , आलस इत्यादीको सेवन बढाएर पनि छालाको सुख्खापनालाई जराादेखि हटाउन सकिन्छ ।अनलाइन खबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah