काठमाडौं/ ठेकेदारहरुका कारण सरकार बढी आलोचनाको शिकार बन्नु परेको बताइरहेको सरकारले ठेकेदारविरुद्ध आक्रामक बन्न थालेको छ ।

ठेक्का लिने तर, वर्षौसम्म काम पूरा नगर्ने जनगुनासो बढ्न थालेपछि सरकारले काठमाडौं उपत्यकाका सडकहरु अलपत्र पार्ने ठेकेदारविरुद्ध कडा कदम चाल्ने भएको छ ।

सरकारले उपत्यकाका सडक निर्माण अलपत्र पार्ने १६ ठेकेदार कम्पनीलाई समयमै काम सक्न चेतावनी दिएको छ । सडक तथा पुल निर्माणको ठेक्का पाएका कम्पनीले शर्त अनुसारको काम नगरेको र ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन काठमाडौले कालोसूचीमा राख्न सिफारिस गर्नेसम्मको चेतावनी दिएको छ ।

१६ वटा ठेकेदार कम्पनीलाई काम बेलैमा सक्न र गुणस्तरीय काम गर्न पटक–पटक निर्देशन दिंदा पनि काम पूरा नभएको भन्दै विभागले सात दिनको मयाद दिंदै स्पष्टिकरण मागेको छ । काम सक्ने स्पष्ट आधारसहितको चित्त बुझ्दो स्पष्टिकरण नदिए ती निर्माण कम्पनीहरुलाई कालोसूचीमा राख्न सिफारिस गरिने सडक विभागले जानकारी दिएको छ ।

यस्तै ठेक्का वापत राखिएका सम्पूर्ण कागजात जफत गर्ने, ठेक्का सम्झौताको बाँकी काम पूरा गर्न आवश्यक पर्ने रकम ठेकेदारबाटै असुल्ने, निर्माणस्थलको सुरक्षा गर्न लाग्ने खर्च असुल गर्ने र सार्वजनिक निकायले व्यहोर्ने थप खर्च सरकारी बाँकी सरह असुल गरिने समेत विभागले चेतावनी दिएको छ ।

यी हुन् स्पष्टिकरण मागिएका निर्माण कम्पनी

१) आकाशे धारा–राममन्दिर – कृष्णमन्दिर सडकमा ढिलाइ गरेको शैलुङ कन्स्ट्रक्सन

२) सात तले भण्डारी गार्मेन्ट–आकाशे धारा–बालुवाखानी सडकमा ढिलाइ गरेको दिवार शैलुङ जेभी

३) विष्णु बुढानिलकण्ठ–उत्तर शिवपुरी निकुञ्ज सडक ढिलाइ गर्ने स्वच्छन्द–पञ्चकन्या जेभी

४) कपन मार्ग–बुढानिलकण्ठको सडकमा ढिलाइ गरिरहेको बिटिरअजम्बरी जेभी

५) बुढानिलकण्ठ–निलोपुल–शिवपुरी निकुञ्ज सडक अलपत्र पार्ने विरुवा कन्स्ट्रक्सन प्रालि

६) महांकाल–भृकुटीचोक–तेञ्जिङचोक–चपली–बुढानिलकण्ठ सडक निर्माण ढिलाइ गर्ने तुँदीरप्रेरा जेभी

७) सुन्दरबस्ती आदर्शनगर–चुनिखेल–टुसाल–जगडोल–राष्ट्रिय शहीदपार्क सडकमा ढिलाइ गर्ने शैलुङ कन्स्ट्रक्सन

८) मनोहरा करिडोर सडकमा ढिलाइ गरिरहेको एसएमएनएस र जयबाबा एलसिएसपिएस जेभी

९) टोखा–त्रियोग स्कुल–धापासी–चक्रपथ सडक ढिलाई गर्ने भण्डारी विल्डर्स, कामख्या –धिताल जेभी

१०) गोंगबु र रमणबस्ती जोड्ने विष्णुमती पुल अलपत्र पार्ने सिरुवा कन्स्ट्रक्सन

११) चक्रपथ–सामाखुसी–टोखा गुर्जेभञ्ज्याङ सडक निर्माणमा ढिलाइ गर्ने सुनौला खिम्ती–रफिना जेभी

१२) खहरे–मूलपानी–गान्धीमार्ग विस्तारमा ढिलाइ गरेको मोतिदानरदी कञ्चनजंगा जेभी

१३) पेप्सीकोला–ब्रह्मखेल सडक निर्माणमा प्रगति हासिल नगरेको महालक्ष्मी–वल्र्डवाइडर भण्डार थोडुङ जेभी

१४) पञ्चकन्या मार्ग–देउवा निवास–गिरिजाप्रसाद कोइराला शान्तिपार्क सडकमा ढिलाइ गर्ने गजुरमुखी–मोतीदान र बानियाँ जेभी

१५) साततले–मिलनचोक–अग्निगुम्बा पश्चिम कपन सडक अलपत्र पार्ने मृत संजिवनी–वाइवा एण्ड लामा जेभी

१६) सिसडोल–बञ्चरेडाँडा सडक निर्माणमा ढिलाइ गरिरहेको कान्छाराम–सुनकोशी जेभी

(नयाँ पेजबाट साभार)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah