काठमाडौं / साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो सोमबार प्रतितोला ७० हजार ४ सय रुपैंयामा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ७० हजार २ सय रुपैंयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुन प्रतितोला ६९ हजार ९ सय रुपैंयामा कारोबार भैरहेको छ । त्यसैगरी आज चादीको भाउ भने स्थिर रहेको छ । हिजो प्रतितोला ८ ५० रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोहि मुल्यमा नै कारोबार भैरहेको रहेको महासंघले जनाएको छ ।



