भोटेकोशी गाउँपालिका–४ हिन्दीमा करेन्ट लागेर एकको मृत्यु भएको छ । आज बिहान करेन्ट लागेका हिन्दीका ६० वर्षीय गोरे श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार छिमेकी रुक्मिणी कार्कीको भूकम्पले भत्काएको दुई तले घरको छतमा रहेको पानी ट्याङ्कीकोे स्ट्याण्ड लिन जाँदा करेन्ट लागेको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्ट्याण्डलाई फलामको भ-याङबाट तल झार्ने क्रममा नजिकै रहेको थ्री फेज लाइनमा छुन पुग्दा गोरेलाई करेन्ट लागेर घाइते भएपछि बाह्रबिसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।