काठमाडौं — अमेरिकाको लुइजियानामा एक जोडीले फोहरको डंगुरमा लटरी टिकट भेटेपछि करोडौं रुपैयाँ जितेको छ ।

लटरीमा उनीहरूले २१ करोड रुपैयाँ जिते ।

तर करकट्टी गरेर उनीहरूले १५ करोड रुपैयाँ मात्र पाउनेछन् ।

ह्यारोल्ड र टिना नाम गरेको यो जोडीले घर सफा गर्दा टिकट भेटेका थिए ।

लाइभमिन्ट नामक वेबसाइटको एक रिपोर्टअनुसार, यो टिकट ६ जुनको लटरीको थियो र त्यसको परिणाम घोषणा भएको पनि निकै समय बितिसकेको थियो ।

उनीहरूले त्यतिखेर टिकट हराएका थिए तर पुरस्कारमा दाबी गर्न पाउने अन्तिम मितिभन्दा ठीक अघि टिकट फेला पारे ।

जोडीका अनुसार, उनीहरू बाहिर गएका थिए र फर्केर आएपछि घर सफा गरे । सफाइको क्रममा उनीहरूले टिकट फोहरको डंगुरमा भेटे ।

उनीहरूले लटरीको वेबसाइटमा गएर चेक गर्दा सबै नम्बर मिल्यो र उनीहरूसँग पुरस्कार दाबी गर्ने समय बाँकी नै थियो ।

नियमअनुसार, कुनै पनि लटरीको परिणाम घोषणा भएको १८० दिनमा पुरस्कारमा दाबी गर्न पाइन्छ । पन्ध्र दिन मात्र ढिलो भएको भए उनीहरूले करोडौं रुपैयाँ गुमाउनुपर्ने हुन्थ्यो । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah