सप्तरी/ कंचनरुप नगरपालिका–११ गोरपारमा शुक्रबार ढिस्कोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ । एक जना गम्भिर घाइते भएकी छन् ।

घर लिपपोत गर्न माटो लिन पुगेकी १३ वर्षीया पुष्पाकुमारी सरदारको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पुष्पासँगै माटो लिन पुगेकी १५ वर्षीया मनपृत सरदार भने ढिस्कोमा परेर गम्भिर घाइते भएको प्रहरीले जनाएको छ । मनपृतको उपचारका लागि विराटनगरस्थित नोबेल मेडिकल अस्पताल पठाइएको जनाएको छ ।जनता समाचारबाट