काठमाडौँ / श्रीमान वा श्रीमतीको मोबाइल वा कम्प्युटरमा गोप्य रूपमा राखेर जासुसी गर्न प्रयोग गरिने सफ्टवेअरको प्रयोग बढ्न थालेको छ ।

स्टकरवेअर वा स्पाउजवेअर भनिने यस्ता शक्तिशाली जासुसी एप वा सफ्टवेअरहरू इन्टरनेटमा खुलेआम किन्न पाइन्छ ।

एकपटक कुनै मोबाइल वा कम्प्युटरमा राखेपछि यस्ता स्टकरवेअरमार्फत सबै एसएमएस पढ्न, नियमितरूपमा स्क्रिनको तस्बिर खिच्न, फोन भएको स्थान पत्ता लगाउन र क्यामरामार्फत प्रत्यक्ष भिडिओ हेर्न सकिन्छ ।

साइबर सुरक्षा कम्पनी क्यास्पर्स्कीका अनुसार गएको वर्षमा अघिल्लो वर्षभन्दा ३५ प्रतिशत धेरै मानिसले आफ्नो उपकरणमा स्टकरवेअर राखेको भेट्टिएको छ ।

क्यास्पर्स्कीको प्रविधिले यो वर्ष ३७ हजार पाँच सय ३२ उपकरणमा स्टकरवेअर भएको पत्ता लगाएको छ।

मुख्य सुरक्षा अध्ययनकर्ता डेभिड इम, सो सङ्ख्या खासमा ‘ठूलो पहाडको एउटा सानो टुप्पो’ मात्रै भएको भन्दै यसको वास्तविक सङ्ख्या निकै धेरै हुन सक्ने ठान्छन् ।

‘धेरै व्यक्तिले आफ्नो कम्प्युटरको सुरक्षामा ध्यान दिन्छन् तर मोबाइलका बारेमा ध्यान दिँदैनन्,’ इम भन्छन् ।

‘हाम्रो सङ्ख्या हाम्रो सुरक्षा एप हालिएको मोबाइलबाट देखिएको हो त्यसैले यो कूल सङ्ख्याको नजिक पनि पुग्दैन ।’ क्यास्पर्स्कीका अनुसार सबैभन्दा बढी स्टकरवेअर हालिएको देश रुस हो।

दोस्रोमा भारत र त्यसपछि क्रमशस् ब्राजिल, अमेरिका र जर्मनी पर्छ । त्यसपछि इटली, मेक्सिको, यूके, फ्रान्स र इरान रहेका छन् ।

स्टकरवेअरबाट कसरी बच्ने ?
अर्को सुरक्षा कम्पनी ईसेटले स्टकरवेअरको सम्बन्धमा गर्न सकिने केही कदमहरू भएको बताएको छ।

ईसेटका जेक मुर भन्छन्स् ‘आफ्नो मोबाइलमा कुन कुन एपहरू छ भनेर हेर्ने र समयसमयमा भाइरस छ कि भनेर हेर्ने गर्नुपर्छ ।’

‘आफूलाई थाहा नभएको एप देखिएमा त्यो के हो भनेर इन्टरनेटमा खोज्ने र मेट्ने गर्नुपर्छ ।’

‘सजिलोको लागि कुनै पनि एप तपाईँ चलाउनु हुन्न भने त्यसलाई मेट्नु नै उपयुक्त हुन्छ ।’

श्रीमान वा श्रीमतीले आफूमाथि स्टकरवेअर प्रयोग गरेर जासुसी गरेको थाहा पाएमा त्यसले मानसिक समस्या ल्याउने बताइन्छ ।

सेफर प्लेसकी जेम्मा ट्वेन्टन भन्छिन् ‘यसले मानिसको विश्वास गर्ने क्षमता कम गर्छ। उनीहरूले उपकरणलाई सहयोगी वस्तुभन्दा पनि हतियारका रूपमा देख्छन् ।’

‘उनीहरूका लागि प्रविधि जाल बन्छ र धेरैले प्रविधि प्रयोग गर्नै कम गर्छन् ।’

‘यसले तपाईँको बाँचुञ्जेल प्रभाव पार्छ। स्टकरवेअरको प्रयोग बढ्नु गम्भीर कुरा हो।’ बीबीसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah